५ कार्तिक २०७३, शुक्रबार

माओवादी केन्द्रले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गर्नु सही भए पनि विधि र प्रक्रियामा भने कमजोरी भएको निष्कर्ष निकालेको छ । थप छलफल शुक्रबार बस्ने केन्द्रीय कार्यालय बैठकमा हुने भएको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले प्रक्रियामा कमजोरी भएको बताएका थिए । ‘पहिले प्रमुख तीन दलबीच सहमति गरेर प्रस्ताव दर्ता गराउन सकिएको भए राम्रो हुन्थ्यो,’ बैठकमा प्रचण्डले भने, ‘दर्ता गराउने विषयमा प्राविधिक कमजोरी देखिन पुग्यो ।’
कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि माओवादी केन्द्रले विहिवार पार्टी केन्द्रीय कार्यालय र संसदीय दलको वैठक बोलाएको थियो । दुवै बैठकका सहभागीहरूले अव संसदमा अभियोग प्रस्ताव दर्ता भईसकेकोले काग्रेससहित प्रमुख दलहरुको वीचमा सहमतिको प्रयास गरि साझा निर्णयमा पुग्न नेतृत्वलाई सुझाएका छन् ।
दलको बैठकमा उर्जामन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जर्नादन शर्मा प्रभाकरले अभियोग प्रस्ताव दर्ता गराउन केही सांसदको हस्ताक्षर नपुगेको भनी माग गरेपछि आफुले त्यस्तो हस्ताक्षर दिएको वताएका थिए ।- नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्
LIVE TV