५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, ५ कार्तिक— दसै सकिएर कार्यालय खुल्न थालेको साता वितिसक्दा पनि विभिन्न सरकारी कार्यालयका काम सुचारु हुन सकेका छैनन् ।

कतिपय कार्यालयमा कर्मचारी अनुपस्थित भएका कारण कार्यालयमै फेसबुक र युट्युबमा व्यस्त भएका कारण कार्यालयको काम प्रभावित भएको हो ।

दसैका लागि उपत्यकाबाट बाहिरिएका सबै कर्मचारी फर्केका छैनन् । भने केही बिदा लिएरै घुमघामका लागि भारतलगाएत विभिन्न स्थानमा भएको सम्बन्धीत कार्यालयले जनाएको छ ।

दसै बिदा सकिएको सातासम्म सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य, अर्थ, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय तथा प्रधानमन्त्री एंव मन्त्रिपरिषदको कार्यालयका नायब सुब्बादेखि उपसचिव तह सम्मका कर्मचारी अनुपस्थित रहेको पाइएको छ । – कमाण्डर पोस्ट

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV