४ कार्तिक २०७३, बिहीबार

सुन्तला खेतीका लागि पर्वतका सम्भावित १६ गाविसका अगुवा कृषकहरुलाई सदरमुकाम कुश्मामा तालिमको आयोजना गरिएकोे छ । सुन्तलामा देखिएका समस्या र समाधानको उपाय जानकारी गराउन तीन दिने तालिमको आयोजना गरिएको हो ।

Image result for सुन्तला खेती तालिम
कार्यालयको फलफुल खेती कार्यक्रम अन्तर्गत कृषकहरुलाई तालिम दिइएको जिल्ला कृषि बिकास कार्यालय पर्बतले जनाएको छ । तीन दिन सम्म सञ्चालमा आउने तालिममा सुन्तला खेतीमा देखिएका समस्या र रोग तथा जलवायु परिवर्तनमा भईरहेको फेरवदलका बारेमा जानकारी गराईने कार्यालयले बताएको छ । सुन्तलाको र्नसरी, स्याहार तथा भण्डारण लगायतका विषयमा जानकारी गराउन तालिमको आयोजना गरिएको प्रशिक्षक रामकृष्ण अर्यालले जानकारी दिनुभयो । पर्वतको ८ सय मिटर देखि हजार मिटर सम्मका उच्च भागमा व्यवसायिक रुपमा गर्न सकिने फलफुल खेती प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत छनौट भएको खेतीको रुपमा रहेको उहाँको भनाई थियो ।
जिल्लामा कुल ७ सय १४ हेक्टर क्षेत्रफलमा हुदै आएको सुन्तला खेती बिस्तारको लागि आफुहरुले थप कार्यक्रम सञ्चालन गरिने वरिष्ठ कृषि बिकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । यता सहभागि कृषकहरुले पछिल्ला वर्षमा वितरण भएका बोटहरु सुक्ने, मर्ने तथा फल लागेपछि झर्ने समस्या बढेको गुनासो गरेका थिए । तालिममा सुन्तला पकेट क्षेत्र अन्तर्गत पर्ने बाँस खर्क, माजफँट, शालिजा ,लेखफाँट, देउपुर, खौला, कार्कीनेटा ,हुवास, कुर्घा लगायतका कृसानहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV