४ कार्तिक २०७३, बिहीबार

महाभियोग सिफारिस समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । बैठकले महाभियोगका विषयमा कार्यविधि तयार पार्नको लागि चार सदस्यीय कार्यदल गठन गरेको हो ।

Image result for महाभियोग सिफारिस समिति
महाभियोग सिफारिस समितिमा राप्रपा नेपाल, नेपाली काँग्रेस एमाले र माओवादीका एक एक सांसद रहेका छन् । कार्यदलमा कांग्रेसका फरमुल्ला मन्सुर, एमालेका पार्वत गुरुङ, माओवादीका रामनारायण बिडारी र राप्रपा नेपालका दिलनाथ गिरी सदस्य रहेका छन् । कार्यदललाई कार्यविधिको मस्यौदा तयार पार्न सात दिनको समय सीमा दिइएको सिफारिस समितिका सदस्य अमनलाल मोदीले जानकारी दिनुभयो ।
बैठकको अध्यक्षता जेष्ठ सदस्य कुमारी लक्ष्मी राईले गर्नुभएको थियो । समितिको अर्को बैठक कात्तिक १० गते बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV