४ कार्तिक २०७३, बिहीबार

लागू औषधको लेनदेनको विषयमा विवाद हुँदा एक जना लागूऔषध प्रयोगकर्तालाई आफ्नै साथीहरुले हत्या गरेका छन् । हत्या गरेको अभियोगमा एक महिला सहित ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

Image result for पक्राउ
कात्तिक १ गते विराटनगर वडा नं. ६ स्थित धान खेतमा सोही वडाका १९ वर्षीय अंकित दाहालको विभत्स हत्या गरेर फालेको अवस्थामा फेला परेको थियो । उनको शव कुहिने अवस्थामा रहेको बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पक्राउ पर्नेमा विराटनगर वडा नं. ६ की १८ वर्षीया टाइली भन्ने फूल कुमारी उराव, डाइलर भन्ने युवराज परियार, टिम्मा भन्ने सुकदेव उराव, सुरज उराव र हन्टर भन्ने सार्जन खरेल रहेका छन् । उनीहरुको साथबाट हत्यामा प्रयोग गरिएको छुरा बरामद गरिएको छ । प्रारम्भिक अनुसंधानमा लागूऔषध लेनदेनमा विवाद भएपछि हत्या गरिएको पत्रकार सम्मेलन गरी प्रहरी उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV