४ कार्तिक २०७३, बिहीबार

लोकमानसिंह कार्कीलाई लगाइएको महाभियोगको विषयमा छलफल गर्न बोलाइएको नेपाली काँग्रेसको कार्यसमितिको बैठक विना निष्कर्ष स्थगित भएको छ । महाभियोग लगाउने विषयमा पार्टी भित्र छलफल गर्नको लागि बोलाइएको बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको हो ।

Image result for काँग्रेस
नेकपा माओवादी र नेकपा एमालेले संसदमा पेश गरेको महाभियोगको प्रस्तावपछि नेपाली काँग्रेसले अपरान्ह् केन्द्रीय समितिको बैठक आह्वान गरेको भएपनि विना निष्कर्ष बैठक सकिएको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले महाभियोगको प्रस्तावको समर्थन गर्नु भन्दा अघि निकै गृहकार्य गर्न जरुरी रहेको जस्ता अभिव्यक्ति आएको र दलहरुबीच सहकार्य नै नगरि संसदमा पेश भएको विषयलाई थप छलफल गर्नुपर्ने भएपछि बैठक शुक्रबार बिहान ११ बजेका लागि स्थगित गरिएको नेपाली काँग्रेसका नेता दिलेन्द« प्रसाद बडुले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली काँग्रेसका नेता गगन थापाले सभापति शेरबहादुर देउवाले बैठकमा माओवादी र एमालेका शीर्ष नेतासँगको भेटमा महाभियोगको विषयमा कुरा भएको तर अकस्मात गर्ने भन्ने विषयमा कुरा नभएकाले आफुलाई धर्मसंकटमा पारेको बताउनुभएको जानकारी दिनुभयो ।उहाँले काँगैसले थप छलफल गर्ने तर सत्यको पक्ष दिनेमा विश्वस्त रहन मन्त्री जानकारी दिनुभयो ।
त्यसैगरी केन्द्रीय समितिको बैठकले संविधान संशोधनको र सीमांकनको विषयमा पनि छलफल गरेको काँग्रेसका अर्का नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV