४ कार्तिक २०७३, बिहीबार

 

काठमाडौँ, ४ कात्तिक । युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेको छ ।

Image result for युवा संघ नेपाल

नेकपा९एमाले० र नेकपा माओवादी ९केन्द्र०का १५७ सभासद्हरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको हो ।

सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गरी दोस्रो जनआन्दोलनमा लोकतान्त्रिक गणतन्त्र पक्षधर आन्दोलनकारीहरूमाथि दमनको अगुवाई गर्ने कार्की जस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा अख्तियार दुरुपयोग अनुसन्धान जस्तो संवैधानिक निकायको प्रमुख बनाइएकोमा युवा सङ्घ नेपालले त्यतिबेलै घोर आपत्ति जनाएको उल्लेख गरेको छ ।

आयोगका प्रमुख रहँदा संविधान र कानुनले निर्दिष्ट गरेको भूमिकाबमोजिम भ्रष्टाचार निवारण गरी मुलुकमा सुशासन स्थापनागर्नेतर्फ लाग्नुभन्दा पदीय दुरुपयोग गरी लोकतान्त्रिक विधि र मूल्य मान्यतामाथि कार्कीले ठाडो चुनौती दिँदै आएकाले महाअभियोग जायज भएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार छानबिनको विषयलाई सौदावाजीको विषय बनाएर पदीय दुरुपयोग गरी लोकतन्त्र र कानुनी राज्यको सिद्धान्तलाई नै ठाडो चुनौती दिँदै आएका कार्कीमाथि लगाइएको महाअभियोग छिटो किनारा लगाई बर्खास्ती गर्न सङ्घले व्यवस्थापिका–संसद समक्ष माग समेत गरेको छ ।

यसैबीच राप्रपा नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कार्कीमाथि महाअभियोग लगाउनुअघि दलहरूबीच पर्याप्त छलफल हुनुपर्नेमा त्यो नभएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले महाअभियोगबारे आफ्नो पार्टीमा कुनै छलफल समेत नभएको भन्दै महाअभियोग प्रस्तावको अध्ययन गरेर मात्र आफ्नो दलको धारणा बनाउने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV