४ कार्तिक २०७३, बिहीबार

सचेत घिसिङ , रसुवा । रसुवाका भूकम्प पीडितहरुले राहत स्वरुप पाएको पहिलो किस्तामा पनि धेरै किस्साहरु कोरिएका छन् । केही पीडितले राहत रकम पाएर घर बनाउन थालेका छन् भने केहीले भने बैंकमा नै जम्मा गरेर राखेका छन् । तर पहिलो किस्ता नपाउने भूकम्प पीडितहरुको संख्या पनि उत्तिकै छ । यस्तै कतिपय पीडितले भने दशैंमा सोही राहत रकमलाई तह लगाउन पनि भ्याएका छन् ।

pidit
पुर्ननिर्माण अन्तरगत निजी भवन निर्माण गर्नका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले ११ हजार २ सय ३६ घरधुरीको नाम सार्वजनिक भए पनि हालसम्म ९ हजार २ सय ९९ संग सम्झौता भएको र ति मध्य पनि ८ हजार १ सय ६३ जनाले पहिलो किस्ता बुझेको पाइएको छ । भूकम्पले घर भत्काएपछि पुर्ननिर्माण गर्नका लागि आवश्यक कागजात तथा कोही घरमा नभएको र पहिला बसोबास भएको ठाँउमा बस्न नसक्ने १ हजार ९ सय ३७ घरपरिवारले अझै सम्झौता गर्न नसकेको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार विस्थापित भएका ८ सय १९ परिवारको भौगोलिक अवस्थाको प्राविधिक अनुगमन नगरिकन तत्काल सम्झौता नहुने बताउनुभयो । ती परिवारहरुलाई पहिला बसोबास ठाँउमा प्राविधिक अनुसन्धान गरी बस्न सक्ने अवस्था नभएमा अन्यत्र सुरक्षित स्थानको पहिचान गरी स्थानन्तर गरिने बताउनुभयो ।
यता टहरामा बसोबास गरेका विस्थापितहरुले भने दशै निकै कठिन रुपमा मनाएका छन भने तिहार पनि टहरामै वित्ने निश्चित देखिन्छ । यस्तै विभिन्न सस्कार र मान्यताका कारण पनि यहाँका स्थानीयले घर बनाउन सकिरहेको छैनन । यहाँका तामाङ बस्तीमा तामाङहरुको माघबाट संवत फेर्ने भएका कारण माघपछि मात्र घर बनाउने तयारी गरेका छन् । घर बनाउन थालिरहेको स्थानीयले भने अर्को किस्ता पनि समयमै छिटो दिएमा सहज हुने बताएका छन् । घर बनाइरहेको स्थानीयले इन्जीनियरको सल्लाहले घर बनाएको धुन्चेकी पेमा लामाले बताए ।
त्यसैगरी हाकुका केही वडामा भने लालपुर्जा नभएका कारण उनीहरुसंग सम्झौता गर्न नसकेको बताइएको छ । हाकुमा गठीको जग्गा भएका कारण त्यहाका स्थानीयसंग लालपूजा नभएकै कारण अहिले सम्झौता नभएको र लालापुर्जा वितरणको लागि प्रकृया भने थालिए पनि काम अझै नहुदा स्थानीय अन्योलमा छन् । अहिले जिल्लाको हाँकु डाडागाँउ, ठूलोगाऊ तथा लाङटाङका केही बस्तीहरुमा बसोबास गर्न नसक्ने प्रारम्भिक प्रतिबेदन आएको र त्यसलाई प्राविधिक जाँच गर्न बाँकी रहेको बताइएको छ । वर्षा विजोगले झेलेका हिमाली जिल्ला रसुवाका पीडितहरु झै माघ जाडो पालमा नै विताउनु नपरोस ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV