४ कार्तिक २०७३, बिहीबार

कराकस, ४ कात्तिक । भ्रष्टाचार गरेको अभियोगमा झण्डै एक बर्षसम्म जेल सजाँय भोगेका भेनेजुयलाको प्रतिपक्षी दलका नेता म्यानुएल रोसेल्सलाई सर्वोच्च अदालतले घरमै नजरबन्दमा राख्न आदेश दिएको छ ।

manuel rosales
manuel rosales

अदालतले बुधबार एक वक्तव्यमार्फत् उहाँलाई घरमै नजरबन्दमा राख्ने निर्णय सार्वजनिक गरेको हो ।

उहाँका छोरा कारलोस रोसेल्सले फोटो देखाउने सामाजिक सञ्जाल ‘इनस्टाग्राम’मार्फत् बुबालाई अङगालो हालेको फोटो सार्वजनिक गरेका थिए ।

उहाँ सन् २००६मा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो । रासस ÷एएफपी

प्रतिक्रिया दिनुहोस्
LIVE TV