४ कार्तिक २०७३, बिहीबार

मनोज भुजेल, सुनसरी । तिहारलाई लक्षित गरि ल्याइएको ठूलो परिमाणको पटाका इलाका प्रहरी कार्यालय इटहरीले बरामद गरेको छ । भारतको जोगबनी नाकाबाट बिराटनगर हँुदै इटहरी ल्याउदै गरेको पटका सहित एक व्यक्तिलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बनिगामा ९ बस्ने ३५ बर्षीय बद्रिनारायण चौधरीलाई एक हजार प्याकेट पटाका सहित इटहरी प्रहरीले पक्राउ गरेको हो ।

pataka
चौधरीले सिमावर्ती क्षेत्रबाट पटाका ल्याएर इटहरी र धरानका बिभिन्न पसलमा बिक्रि बितरण गर्ने गरेको बताइएको छ । उनलाई पटाका मास्टरको रुपमा समेत चिनिदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चौधरीको साथमा खोर्सानी आकारको पटाका बरामद भएको छ ।

pkt

चौधरीले एक प्याकेट पटाकाको १५० रुपैयाँमा बेच्ने गरेको बताइएको छ । सबै पटाकाको मूल्य करिब डेढ लाख पर्ने प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि पटका सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV