४ कार्तिक २०७३, बिहीबार

अमृता केसी, नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न क्षेत्रमा फोहोर उठन नसकेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरुले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानार्कषण गराएका छन । उनीहरुले उपनगरपालिका भित्रको फोहोर उठाएर सरसफाई नगरे नगरपालिकालाई तिर्ने कर समेत नतिर्ने चेतावनी दिएका छन ।

nepalgunj-munsipality-701x301
केही दिन अघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा आउनुभएका गिरिराजमणि ज्ञवालीलाई भेटी नेपालगन्ज उद्योग बाणिज्य सघंका पदाधिकारीहरुले नेपालगन्जको फोहोरको बिषयमा ध्यानार्कषण गराएका हुन । पत्रकार मानवअधिकारकर्मी ब्यवसायी सम्मिलित टोलीले लामो सयमदेखि नेपालगन्जको बाहिरी तथा भित्री सडकहरुमा फैलिरहेको फोहोरका कारण नेपालगन्ज नगर दुर्गन्धित हुँदै गएकोले तत्काल फोहोर ब्यवस्थापनका लागि अनुरोध गरेका हुन् । कार्यकारी प्रमुखको ध्यानाकर्षण गराउँदै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले फोहोरका कारण देशका बिभिन्न स्थानमा डेङ्गुको प्रकोप फैलिएको बताउँदै फोहोर ब्यबस्थापनका लागि उपमहानगरपालिकाले पहल नगरे नगरपालिका बन्द गरिने चेतावनी दिनुभयो ।
नगरपालिका भित्र थुप्रै समस्या भएकोले त्यसको समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालीकाले अल्पकालीन तथा दिर्घकालीन योजनाहरु सार्वजनिक गर्नुपर्ने नेपालगन्ज उद्योग बाणिज्य संघका सल्लाहाकार ईश्वर पोख्रेलले माग गर्नुभयो ।
नेपालगन्ज उमहानगरपालिकाको फोहोर व्यवस्थित नहुँदा नगर दुर्गन्धित बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV