४ कार्तिक २०७३, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले यौन, चर्म र कुष्ठरोग निवारणका लागि राज्यले विशेष रणनीति अवलम्वन गर्नुपर्ने बताउनुभएको छ । उहाँले रोग प्राविधिक समस्या भएपनि नियन्त्रण, निवारण र निदानका लागि राजनीतिक नेतृत्वलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

मुलुकमा चर्मरोगसम्वन्धी विषेशज्ञहरुको अभाव रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राज्य यसतर्फ गंभीर हुनुपर्ने उल्लेख गर्नुभयो । श्वास्थ्य जीवनशैली, खानपिन, पर्यावरणलगायत विषयसँग सम्वन्धित रहेपनि नागरिकको स्वास्थ्योपचार र रोग निदानका लागि नेतृत्व पक्ष पनि सजग रहनु पर्ने राष्ट्रपति भण्डारीको आग्रह थियो ।
वुधवार काठमाडौमा आयोजित अन्तराष्ट्रिय चर्मरोग सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी विशेषज्ञता र अभ्यासलाई आत्मसाथ गर्न ढिलो गर्न नहुने बताउनुभयो । नेपालमा चर्मरोगको अवस्था, उपलब्ध जनशक्ति, उपचार विधि र सेवाको स्तर पर्याप्त नभएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय सम्मेलन र विज्ञहरुको अनुभव पेशागत दक्षताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
चर्म, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाजको आयोजनामा दोश्रो अन्तर्राष्ट्रिय चर्मरोग सम्मेलन काठमाडौमा शुरु भएको हो । एशिया, युरोप, अमेरिकालगायतका विशेषज्ञहरुको सहभागीता रहेको सम्मेलनले पेशागत दक्षता, रोग निवारण र नीतिगत विषयमा छलफल गर्ने छ । समाजले चर्मरोग विशेषज्ञ डाक्टर कृष्णप्रसाद ढकाललाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV