४ कार्तिक २०७३, बिहीबार

काठमाडौंः सभामुख ओनसरी घर्तीले आफ्नो जेनेभा भ्रमण स्थगित गरेकी छिन्। संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको र आइतबारका लागि संसद बैठक बस्ने भएकाले सभामुख घर्तीले जेनेभा भ्रमण स्थगित गरेको हो ।
शुक्रबार एक साताका लागि सभामुख स्वीजरल्याण्ड जाने तयारी गरिएता पनि अन्तिम समयमा भ्रमण स्थगित भएको हो ।घर्तीको अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन सभामुख घर्ती शुक्रबार जेनेभा भ्रमणमा जाने कार्यक्रम थियो ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV