४ कार्तिक २०७३, बिहीबार

गुलरिया (बर्दिया),  कात्तिक । बर्दियाको सदरमुकाम गुलरियामा १० वर्षीय बालक विशाल राठौर स्कुल जान त पाएनन् नै बरु बदाम बेच्दै पेट पाल्न बाध्य छन् ।

alb{ofsf] ;b/d'sfd u'nl/ofsf] ;8sdf abfd a]Rb} u/]sf afns ljzfn /f7f}/ . oL !) jifL{o afns :s'n hfg t kfPgg g} a? abfd a]Rb} hLljsf]kfh{g ul//x]sf 5g . tl:a/ M d]gsf rf}w/L, u'nl/of -alb{of_, /f;;

मुस्लिम परिवारका राठौरका आमाबुबा भारत र नेपाल दुवैतिर बस्दै आएका र मजदुरी गरेर जीविकोपार्जन गरिरहेका कारण उनको जन्मदर्ता नहुँदा उनी स्कुल जानबाट वञ्चित भएका छन् । आमाबाबु पनि घर नभई डेरा गरी बस्ने र मजदूरी गर्ने कारण उनको पढाईको व्यवस्था हुन सकेको छैन ।

ती बालक विगत केही समयदेखि गुलरियाको मतङ्गामा रहेका र आमाबुबासँगै आफू पनि दिनभर बदाम बेच्ने गरिरहेका छन् । उनी आफूलाई पनि पढ्न रहर भएको तर पढ्न नपाएकोमा दुख लागेको बताउँछन् ।

उनकी आमा भने विशाल भारतमा मजदुरी गर्दा जन्मिएकाले जन्म दर्ता हुन नसकेको बताउँछिन् । रासस

LIVE TV