३ कार्तिक २०७३, बुधबार

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आममाफी माग्नु पर्ने बताउनु भएको छ । लोकतान्त्रीक प्रद्धतिबाट बनेको प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्र मान्दिन भन्नु संबिधान बिपरीत चरित्र देखाएकोमा माफी माग्नु पर्ने बताउनु भयो ।

Image result for रामचन्द्र पौडेल
पाँचथरको फिदिममा बुधबार तरुणदलले आयोजना गरेको फुटबल प्रतियोगिता उद्घाटन गर्दै नेपाली काग्रेसका वरिष्ठ नेता पौडेलले माओवादीको १० बर्षे युद्धले देशलाई बिनास गरेको स्मरण गराउनु भयो । उहाँले अव देश रुपान्तरण गरी अर्को ब्यबस्थाको सुनिश्चित गरी अग्रगामी आर्थिक क्रान्ति गर्नुपर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले संबिधान कार्यान्वयनको पक्षमा सबैलाई समेटेर २० बर्षसम्म हुन नसकेको स्थानीय चुनाब गर्न सबैजना लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा काग्रेस नेता भिष्मराज आङ्देम्बेले नेपाली जनताले गरेको बलिदानी परिवर्तनकारी आन्दोलनको सस्थागत हुन नसकेको र अव पनि यस्ता दिन जनाताले भोग्न नचाहेको प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV