३ कार्तिक २०७३, बुधबार

गर्मी महिनामा भन्दा जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने हुँदा चिसोबाट बच्न र स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुको सुझाव छ । मौसम परिवर्तन र दिनानुदिन बढ्दो चिसोले देशभरका अस्पतालमा बिरामीको संख्या बढेको औल्याउदै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाएका छन् ।

download-2
पछिल्लो एक हप्तामा उपत्यकाका अस्पतालमा मौसमी बिरामीको संख्या झन्डै एकतिहाई बढेको तथ्यांक छ । अहिले दिउसो घाम लाग्ने भएपनि बिहान बेलुका चिसो छ यो मौसममा पहिरनमा ध्यान नदिंदा पनि श्वासप्रश्वास संक्रमण बढेको चिकित्सकले बताएका छन् ।
केहि दिन देखि राजधानीका ठूला अस्पताल देखि बिभिन्न जिल्लाका स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको छ । चिसो मौसममा दम जोर्नी दुख्ने बाथ एलर्जी पिनास रुखाखोकी निमोनिया जस्ता रोगहरुको जोखिम बढी हुन्छ । नेपालमा निमोनियालगायतका छातीको संक्रमणले बालमृत्युदरको सबभन्दा बढी हिस्सा ओगटेको छ । चिसोका बेला हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै संक्रमण हुने सम्भावना हुन्छ चिकित्सकका अनुसार चिसो मौसममा चिसो हावा तापक्रम न्यून हुन्छ, कम तापक्रमले प्रतिरोधी शक्ति क्षय गर्छ र चिसो हावामा भाइरस बढी सक्रिय हुन्छन् । त्यसैले पनि यो मौसममा बढी साबधानी अपनाउनु पर्छ । अस्पताल भर्ना भएपछि हुने मृत्युका प्रमुख तीन कारणमध्ये बच्चामा रुघाखोकी र वयष्कमा श्वासप्रश्वास संक्रमण प्रमुख छ। अहिले फुल फुल्ने मौसम भएकोले पनि फुलका परागहरुको एलर्जीले स्वासप्रस्वासको समस्या बढ्ने हुन्छ । श्वासप्रश्वाससम्बन्धी समस्या अन्तर्गत दम, ब्रोङकाइटिस र निमोनिया पर्छन्। अन्य मौसममा पनि भइरहे पनि चिसोपना, धुँवाको कारण श्वास नली अझ बढी खुम्चिने हुनाले दमको समस्याले पनि जाडोमा बढी असर गर्छ । जाडो मौसममा खानपिन पहिरन र सरसफाईमा बिशेष ध्यान दिनु पर्ने र सम्भावित इन्पÞm्ल्युएन्जाबाट बच्न साबधान हुन चिकित्सकहरुले सुझाएका छन् । बिरामी भएर धनजन जोखिममा पार्नु भन्दा समय मै स्वास्थ्य प्रति सजग रहनु बुद्दिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV