३ कार्तिक २०७३, बुधबार

मुलुकको निजी क्षेत्रको छाता सँगठन नेपाल उद्योग बाणिज्य महासघ भित्रको विवाद अव बिशेष साधारण सभाले टुंग्याउने भएको छ । उच्च अदालतले विशेष साधारण सभा रोक्न जारी गरेको अन्तरिम आदेश खारेज गरे पछि महासघ भित्रको बिवाद बिशेष साधारण सभाबाट टुङो लाग्ने भएको हो ।

Image result for उद्योग वाणिज्य महासंघ
पाटन उच्च अदालतले पक्ष, विपक्षको राय सुनेपछि बुधवारको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने निष्कर्ष निकाल्दै बिशेष साधारण सभाको लागि बाटो खोलि दिएको छ । सोमबार दायर रिटमा अदालतले मंगलबार साधारणसभा प्रकृया यथास्थितिमा राखि दुबै पक्षलाई छलफल गर्न बुधबारका लागि बोलाएको थियो। नेपाल उद्योग बाणिज्य महासघको बिधान सशोधन गरी बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने ब्यवस्थाको बिरुद्ध पाटन उच्च अदातलतमा उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारी सदस्य गोविन्दराज घिमिरेले महासंघको विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने जिकिर गर्दै जिल्ला प्रशासन कार्यालय, महासंघ कार्यसमितिसहित पाँच जनालाई विपक्षी बनाई आइतबार रिट दर्ता गरेका थिए । महासघको नेतृत्व प्रजातान्त्रिक पद्धति र लोकतान्त्रिक मूल्य मान्यता हुुनु पर्ने जिकिर गदै निवेदन परे पछि अदालले कात्तिक ३ गते सम्मको लागि अन्तरिम आदेश जारी गरेको थियो । बुधवार पक्ष र विपक्षलाई बोलाएर छलफल गरेपछि उच्च अदालत पाटनले विशेष साधारण सभा रोक्न कुनै अन्तरिम आदेश जारी नगरेकाले अब निधारित मितिमै विहीबार विशेष साधारण सभा हुने महासंघका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिनु भयो ।
उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने प्रावधानसहित विधान संशोधन गर्न कात्तिक ४ गते विहीबार विशेष साधारणसभा गर्न लागेको हो । पुर्व वरिष्ठ उपाध्यक्ष राजकर्णीकारको टोली भने संसोधन अर्को चुनावबाट मात्र लागु हुनुपर्छ भन्ने पक्षमा छन्। आउँदो चुनावमा अध्यक्ष लगायत सबै पदको निर्वाचन हुनुपर्ने पक्षमा महासघका एक थरी उद्यमी ब्यवसायी र पुर्व अध्यक्षहरुका समूह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV