३ कार्तिक २०७३, बुधबार

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दाहखानी गाविसमा पर्ने रिग्दी खोला नजिकै मंगलबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खेुलेकोे छ । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.२० बस्ने बर्ष ३६ को जनक महत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Image result for बस दुर्घटना
दुर्घटनामा परि धादिङको नलाङ्ग–६ बस्ने २२ वर्षीय राजु बिक भने वेपत्ता भएका छन् । दुर्घटनामा घाइते भएकाहरुको भने कलेज अफ भरतपुर मेडिकल साईन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मंगलबार राति करिब साढे नौ बजेको समयमा काठमाण्डौबाट भैरहवा जादै गरेको लु १ ख ७३९१ नम्बरको यात्रुबाहक बस नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत चितवनको दाहाखानी–६ रिग्दी पुल नजिकैबाट त्रिशुलीमा खस्दा १ जनाको मृत्यु, ९ जना घाइते र एक जना वेपत्ता भएको प्रहरीले जनाएको छ । बस सडकबाट १५० मिटर तल त्रिशुली नदिमा खसेको र बसको आधा भाग त्रिशुली नदीमा डुवेको अवस्थामा रहेको छ ।

LIVE TV