३ कार्तिक २०७३, बुधबार

नेपाली संगीत दुनियामा (कालीकी गोरी) आधुनिक गीति एल्बम लिएर डेब्यू गरेका राज राई (वाम्बुले)दोश्रो कोशेलीको रुपमा पुर्बेली लोक दोहोरी गिती एल्बम (फेसबुक)लिएर आएका छन् । गायक राज आधा दशक देखी नेपाली साङ्गितिक क्षेत्रमा संघर्षरत छन् ।

11

सानै उमेरदेखी नै नेपाली संगीतलाई आफ्नो कर्म क्षेत्र बनाउदै आएका गायक राजले अस्ताउदै गरेको पुर्बेली लोक भाकालाई जगेर्ना गर्ने जमर्को गरेका छन । भोजपुरकी सुनिता राई सँगको युगल गिती एल्बम फेसबुक म्युजिक भिडिओ सहित बजारमा सार्वजनिक गरेका छन । यो एल्बम पुर्बेली लोक भाका हो । सो एल्वममा गायक राजको पहिलो लोक भाका हो भने गायिका सुनिताको डेब्यु एल्बम हो भने सिजन राई, सिता राई, दक्षा राई, सजु राई र गोपाल राईको अभिनय रहेको छ । अस्ताउदै गरेको पुर्बेली भाकालाई जगेर्ना गर्नका लागी सक्दो योग्दान दिने गायक राज बतउाँन् । आफु संगीतको विद्यार्थी भएको नाताले पनि यो चिन्ताको बिषय हो । यसै क्रममा गायक राजले तिहार लगत्तै फेरी अर्को पुर्बेली लोक गिती एल्बम बजारमा ल्याउने पनि बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV