३ कार्तिक २०७३, बुधबार

गायिका मिलन अमात्य छोटो समयमै आफुलाई अब्बल गायिकाको रुपमा सांगितिक क्षेत्रमा स्थापित गर्न सफल गायिका हुन ।गायिका अमात्य अहीले आफु स्थापित गायिका भएपनि स्ट्रगलिङ पिरीयडमा आफुले खुबै मेहनत गर्नु परेको बताउद छिन ।पारीबारीक बाताबरण नै कलामय भएको भएता पनि शुरुवाति दिनमा गित रेकर्डीङको लागि कडा मेहन गर्नु परेको कुरा उनले न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम ६ प्रस्नको अन्तरबार्ताको क्रममा बताइन ।

बाबा संग आसाम बाट गित रेकर्डीङको लागि गुहाटी गएकी उनको पालो दिन भर त आए न नै साझमा समेत उनले गित रेकर्ड गर्न पाइनन्।रात भर समेत कुरेर बिहान पख मात्र गित रेकर्ड गरेको सम्झना उनको मानस पटल अहीले पनि ताजै छ ।सानो उमेरमै गित रेकड्र्रिङको लागि गएकी उनि पालो कुरदा कुरदै बाबा कै काखमा निदाइन ।तर गित भने रेकर्ड गरेरै छाडीन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV