३ कार्तिक २०७३, बुधबार

हरिकृष्ण गौतम, म्याग्दी।  म्याग्दीमा गजब गजबका चोरहरु प्रहरीको नियन्त्रणमा परेका छन् । चोरीमा सलंग्न बालबालिकाहरुको समूह देखेर प्रहरीहरु समेत हैरान बनेको छ । कोही चोरले चोरीको रकम संकलन गरेर स्कुटर किनेको पाइएको छ भने केही चोरहरु सार्वजनिक बसमा पकेटमारीमा व्यस्त बनेको पाइएको छ ।

ma
१० देखि १५ बर्षसम्मका बालबालिकाहरू मध्यरातमा समुह बनाएर किराना पसल,होटल,यातायातका साधन तोडफोड गरेर समेत सामान चोरी गर्न थालेपछि प्रहरीलाई नियन्त्रणमा समेत हम्मेहम्मे परेको छ । एक महिनाको अन्तरालमा प्रहरीले विभिन्न समुहमा आवद्ध भएर चोरीमा संलग्नलाई नियन्त्रणमा लिएपछि सुरू गरेको अनुसन्धानमा सामाजिक सञ्जाल सहित इन्टरनेटको माध्यबाट चोरीको शैली सिक्ने गरेको समेत प्रहरीले जनाएको छ । प्रहरीले १ महिनामा २५ जना बालबालिकालाई समेत चोरीमा संलग्न भएको अवस्थामा पक्राउ गरेको थियो । चोरीमा संलग्नहरूको आर्थिक अवस्था कमजोर भएका धेरै रहेको प्रहरीको अनुसन्धानको क्रममा भेटिएको छ । यस्तै म्याग्दीका एक पेशेवर चोरले नगद चोरी गरी स्कुटर खदिर गरेका छन् ।

df

जिल्लाभित्र भएका आधादर्जन चोरीका घटनामा संलग्न पश्चिम म्याग्दीको दरवाङ–७ का खिम भन्ने मन बहादुर रोकाले चोरी गरी संकलन गरेको पैसाले स्कुटर खरिद गरेका प्रहरी अनुसन्धानमा खुलेको छ ।
चोरीमा संलग्न भएकालाई मंगलबार प्रहरीले सार्वजनिक गर्ने क्रममा जिल्लाका ठुला मानिएका चोरीमा संलग्न भएका रोकाले जिल्लाभित्रका साथै विभिन्न ठाउँमा चोरी गर्न जाने क्रममा सहज हुने गरी स्कुटर खरिद गरेर चोरी गर्ने गरेका प्रहरी समक्ष बयान दिएका छन् ।

gg

चोरी गर्नुपुर्व १० दिनसम्म चोरी गर्ने स्थान आसपासको वातावरण, परिवार भित्रको संख्या, सम्पत्ति लगायतमा निगरानी राखेर मात्रै चोरीमा संलग्न हुने गरेका रोकासंगै मल्कवाङ–४ का ३१ बर्षीय छकप्रसाद छन्त्याललाई समेत प्रहरीले सार्वजनिक गरेको छ । दैनिक चोरीका घटनाले हैरानी खेपिरहेको प्रहरीले बालबालिका, किशोरहरूले समेत समुह बनाएर मध्यरातमा घर, सार्वजिनक यातायातको साधानभित्र यात्रुको पकेटबाट चोरीसंगै विभिन्न घटनामा संलग्न धमाधम पक्राउ गर्न सफल भएपछि चोरीको घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

 

LIVE TV