३ कार्तिक २०७३, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमाले र आन्दोलनरत मधेसी मोर्चासंग आवश्यक छलफल गरेर संविधान संशोधन प्रक्रिया टुंग्याइने बताउनु भएको छ । उहाँले संविधान संशोधन प्रक्रिया अन्तिम चरणमा पुगेको जिकिर पनि गर्नुभएको छ ।

dahal
बुधबार व्यवस्थापिका संसदको वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि आवश्यक प्रक्रिया सरकारले पूरा गरिसकेको बताउदै छठ पर्वसम्ममा संविधान संशोधनका लागि आवश्यक सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सवैको सहभागितामा तीन तहको निर्वाचनको कार्य अघि बढाउन सरकारले उच्च प्राथामिकता दिएको बताउनुभयो । उहाँले छठ सम्ममा सत्तापक्ष, प्रतिपक्ष, आन्दोलनरत मोर्चावीच सहमति गरेर चुनावमा जान उच्च प्राथामिकता दिएर काम अघि बढाएको पनि बताउनुभयो। उहाँले संविधान कार्यन्वयनका लागि आबश्यक विद्येयक संसदमा पेश गर्ने काम भैरहेको र निर्वाचन आयोग, राजनीतिक दल, मतदाता सम्बन्धी विद्येयक संसदमा पेश भैसकेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भारतको गोवामा हालै सम्पन्न व्रिक्स विमेस्टेक सदस्य राष्ट्रहरुको आउटरिच सम्मेलन नेपालका लागि फलदायी बनेको जानकारी पनि संसदलाई गराउनु भयो । उहाँले नेपाल, चीन र भारतबीच भएको त्रिदेशीय साझेदारी नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै साझेदारीको विषयलाई लिएर गलत हल्ला चलाईनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आगामी २०७४ को वैशाखमा काठमाडौंमा मेलम्ची खानेपानीको आइपुग्ने उद्घोष गर्नु हुँदै भूकम्प पीडितहरुका लागि उपलब्ध गराइने राहतमा कुनै पनि ढिलाई नगरिने प्रतिबद्धता समेत जनाउनुभया ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV