३ कार्तिक २०७३, बुधबार

अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘डियर जीन्दगी’को पहिलो टिजर रिलीज गरिएको छ । १ मिनेट ३० सेकेण्ड लामो सार्बजनिक टिजरमा लाईफ इज गेमबाट सुरु हुन्छ । जस्मा, अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टलाई देखाईएको छ । यसै फिल्मबाट शाहरुख खान र आलिया भट्टले पहिलो पटक स्क्रीन सेयर गर्दैछन् ।

ddfsdf
फिल्मको पहिलो टिजरलाई अभिनेता शाहरुख खानले आफ्नो ट्विटर मार्फत रिलीज गरेका हुन् । फिल्मको कथा निर्देशीका गौरी शिन्देले लेखेकी हुन् । ‘डियर जीन्दगी’फिल्मको निर्माण पक्षले अफिसियल ट्रेलर भने रीलीज नगर्ने जनाएको छ । तर, फिल्मको चार वटा टिजरहरु भने क्रमशः रिलीज गर्ने जानकारी गराएका छन् ।
फिल्ममा शाहरुख र आलियाको साथमा अन्य कलाकारहरु अलि जफर,कुनाल कपुर र अंगत बेदी लगाएतले पनि लीड रोलमा अभिनय गरेका छन् । शाहरुख खानको ‘डियर जीन्दगी’ र अर्को अभिनेत्री बिद्या बालनको फिल्म कहानी २ सँगै यसै वर्षको नोबेम्बरको २५ तारीखबाट दर्शकमाझ रीलीजमा आउँदैछन् ।

ada

asfdasf

LIVE TV