३ कार्तिक २०७३, बुधबार

पछिल्लो समयमा बलिउड र कलिउड फिल्मकर्मीहरुले एक आपसमा सहकार्य गर्दै आईरहेका छन् । त्यस्तै, निर्माता तथा निर्देशक रोज राणाले अमिताभ बच्चनको फिल्म ‘भुतनाथ’को निर्देशक बिबेक शर्मा सँग सहकार्य गरेका छन् । निर्माता रोज राणाको निर्माणमा बलिउडका निर्देशक बिबेक शर्माको निर्देशन रहने गरी नयाँ फिल्म ‘मेरो पैसा खोई’ निर्माणको घोषणा गरेका छन् ।

vlcsnap-2016-10-19-11h52m16s719
राजधानीमा आयोजित एक कार्यक्रममा रोज राणाले कमेडी र सोसल ड्रामा जन्र्मा नयाँ फिल्म ‘मेरो पैसा खोई’ निर्माणको औपचारीक घोषणा गरेका हुन् । फिल्मको दृश्यभाषा, संगीत र स्क्रीप्टनै अहिले सम्मको उत्कृष्ट रहेको भन्दै निर्माता राणाले उक्त फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए ।

vlcsnap-2016-10-19-11h51m18s814
नेपाली, हिन्दी र अंग्रेजीको संयुक्त भाषामा हुने ‘मेरो पैसा खोई’ फिल्ममा नेपाल र भारत दुवैबाट कलाकारहरुलाई सहभागी गराईने भएको छ । बलिउडका कलाकारहरुमा जुही चावला र राज पाल यादब फिल्मको लागी पक्का भईसकेको निर्देशक शर्मा बताउँछन् । तर, नेपालको तर्फबाट भने कुन–कुन कलाकारहरुलाई समाबेश गरिने भन्ने बारेमा फाईनल गरिएको छैन । अबको एक महिना पछि सोही फिल्मको लागी नेपाली कलाकारहरुलाई अडिशनबाट छनौट गरिने जानकारी गराएका छन् ।
फिल्मलाई नेपालको पोखरा,जोमसोम, बुटवाल,काठमाडौं र मुम्बईका विभिन्न ठाउँहरुमा छायाँकन गरिने भएको छ । फिल्मको छायांकन पौषको दोस्रो साताबाट हुने भएको छ । ‘मेरो पैसा खोई’फिल्मलाई नेपाल र भारतमा रिलीज गरिने निर्माण पक्षले जानकारी गराएका छन् ।

vlcsnap-2016-10-19-11h51m55s048

LIVE TV