२ कार्तिक २०७३, मंगलवार

हरितारा चलचित्र पुरस्कारको २०७३ कार्तिक २ गते बसेको कार्यसमितीको बैठकले २०७१ सालको हरितारा चलचित्र पुरस्कार अभिनेत्री करिष्मा मानन्धरलाई दिईने भएको छ । त्यस्तै, २०७२ सालको पुरस्कार भने सञ्चारकर्मी शान्तीप्रिय र डिजाईनर सुन्दर श्रेष्ठलाई अर्पण गरिने भएको छ ।

karishma-manandhar-7

अभिनेत्री करिष्मा मानन्धरको अढाई दशक देखि नेपाली फिल्म क्षेत्रमा सक्रिय हुँदै आएकी हुनाले हरितारा चलचित्र पुरस्कार २०७१बाट सम्मानित गर्न लागिएको हो । त्यस्तै, दुई दशक देखि चलचित्र पत्रकारीता तथा डि सिने अवार्ड मार्फत फिल्म क्षेत्र र पेशाकर्मीको समुचित बिकास र प्रोत्साहनको कदर गर्दै आएका शान्तिप्रियलाई हरितारा २०७२ बाट सम्माति गर्न लागिएको हो ।

shantipriya-in1
त्यस्तै, २०४३ सालमा फिल्म सन्तानको प्रचार सामाग्री तयार गरि फिल्मको श्रीबृद्धिमा योगदान पुर्याए बापत सुन्दर श्रेष्ठलाई पनि उक्त पुरस्कार बाट समानित गर्ने हरितारा चलचित्र पुरस्कारले निर्णय गरेको हो । पुरस्कारको राशी जनही रु पच्चिस हजार रुपैया रहेको छ । हरितारा चलचित्र पुरस्कारको आयोजकले आउँदो मंसिरको दोस्रो साता बिशेष कार्यक्रमको आयोजना गरेर अर्पण गर्ने भएको छ । साथै, सोही समारोहमा श्री दुर्गा देबि( पुण्य निरौला स्मृति पुरस्कार पनि प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV