३० आश्विन २०७३, आईतवार

प्रशस्त जुट उत्पादन हुने तराईका जिल्लाहरुमा कृषकहरुले जुट खेती गर्न छोडेका छन् । कुनै बेला कच्चा जुट नै निर्यात गर्ने मुलुक अहिले सबै भन्दा बढी कच्चा जुट आयात गर्ने मुलुक बन्दै गएको छ । सरकारी उदासिनताका कारण जुट खेती प्रति कृषकहरुको आकर्षण घट्दै गएकाले पनि जुट उत्पादन घटेको छ ।

asfa
यस वर्ष पूर्वाञ्चलका मोरंग, सुनसरी, झापा, सप्तरी, सिरहा र उदयपुर जिल्लामा करिब ८ हजार ६ सय हेक्टर जग्गामा जुट खेती गरिएकोमा करिब १२ हजार ३ सय मेट्रिक टन जुट उत्पादन भएको छ । वर्षेनी खेती हुने क्षेत्रफल घटेकाले उत्पादन घटेको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गत वर्ष पूर्वाञ्चलमा ८ हजार ९ सय हेक्टरमा जुट खेती गरिएको थियो । रोजगारीको लागि युवाशक्ति विदेश पलायन हुदा जुट खेतीको समयमा मजदुरको अभाव हुने मात्र नभई जुट कुहाउने खाल्डो पनि पुरिदै जानु तथा जुट खेती खर्चिलो बन्दै गएका कारण कृषकहरुले जुट खेती घटाउदै लगेका छन् । जुट खेती गर्न झन्झट हुने, धेरै खर्चिलो हुने भएकाले पनि कृषकहरुले जुट खेतीगर्न छोडेका छन् ।
जुट उत्पादन घट्दै गएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरुलाई कच्चा जुट आपूर्तिका लागि बंगलादेश र भारत माथि निर्भर हुनु परेको छ । यस क्षेत्रका उद्योगहरुलाई वार्षिक करिब १ लाख मेट्रिक टन जुट आवश्यक पर्दछ । जुटमिलहरुले वार्षिक करिब २ अरब रुपैयाँ बराबरको कच्चा जुट भारत र बंगलादेशबाट खरिद गरेर ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV