३० आश्विन २०७३, आईतवार

 

रोल्पा, ३० असोज । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरी सवैको स्वीकार्यता बढाउदै लैजाने बताउनुभएको छ ।

Image result for अर्थमन्त्री कृष्णबहादुर महरा

अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका महराले वर्तमान सरकारको पहिलो प्राथमिकता संविधान कार्यान्वयन भएको बताउनुभयो । सहमतिका लागि आन्दोलनरत दल तथा समुदायसँग कुरा भइरहेको मन्त्री महराको भनाइ थियो ।

मन्त्री महराले अघिल्लो सरकारले ल्याएको बजेट आफ्नो पार्टी समेत संलग्न भई ल्याएको हुँदा वर्तमान सरकारले दृढताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । भूकम्पपीडितको समस्या समाधान र सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई निश्कर्षमा पु¥याइने उहाँले बताउनुभयो । रोल्पाको विकासका लागी आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV