३० आश्विन २०७३, आईतवार

 

काठमाडौँ, ३० असोज । नेपाली सेनाको तालिम शिविर नगरकोटमा महावीर गण ९रेञ्जर० र मित्रराष्ट्र अमेरिकी सेनाको बि कम्पनी, फस्ट बटालियन स्पेसल फोर्स ग्रुप ९एअरबोन०बीच अभ्यास व्यालेन्स नेल १७–३०४५ सञ्चालन भएको छ ।

Image result for नेपाली र अमेरिकी सेनाबीच

सैनिक जनसम्पर्क निर्देशनालयलका अनुसार उक्त अभ्यास, विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही छाउनीस्थित महावीर गण र तालिम शिविर नगरकोटमा आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली गत बिहिबार आवश्यक तालिम सामग्रीसहित नेपाल आइपुगेको थियो । यस प्रकारको संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै सञ्चालन हुँदै आएको छ । उक्त तालिम र अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य तथा सैनिक कारबाही सञ्चालन गर्न सक्ने क्षमता अभिवृद्धिका लागि सहयोग पुग्ने निर्देशनालयले जनाएको छ । रासस

LIVE TV