३० आश्विन २०७३, आईतवार

अभिनेता सलमान खान अभिनीत सुपरहिट फिल्म ‘किक’को सिक्वेल बन्ने वालामा छ । सबैलाई थाहा भएकै कुरा हो सिक्वेल फिल्म  ‘किक २’मा पनि लीड रोलमा अभिनेता सलमान खान नै हुन्छन् भनेर । तर सबैलाई कौतुहलता छाईरहेको छ की ‘किक २’मा भने अभिनेता सलमानलाई कुन अभिनेत्री साथ दिन्छन् त । त्यस्तै, समाचारमा आए अनुसार उक्त सिक्वेल फिल्ममा पनि अरु कुनै अभिनेत्री नभएर पहिलो फिल्मकै अभिनेत्री ज्याकलिन फर्नाण्डेजले अभिनेता सलमान खानलाई साथ दिने भएकी छिन् । तर, अहिले सम्म सिक्वेल फिल्म ‘किक २’को अफिसियल अनाउन्समेन्ट भने भएको छैन्, त्यसैले अभिनेत्री ज्याकलिन फर्नाण्डेज पनि यस बिषयमा मौन नै रहेकी छिन् ।

jacqueline-fernandez-salman-khan
भर्खरै मात्र अभिनेत्री ज्याकलिनलाई एक इभेन्टमा सिक्वेल फिल्म ‘किक २’मा पनि तपाईले नै लीड अभिनेत्रीको रोलमा हुनुहुन्छ भन्ने प्रश्न गरिएको थियो । तर, अभिनेत्री ज्याकलिनले भने यस बिषयमा केहि बोल्न चाहिनन् । अहिले उनि अभिनेता सिद्धार्थ मल्होत्राको साथमा अन्य फिल्मको काम गरीरहेकी खुलाईन् । अब, सिक्वेल फिल्म ‘किक २’ को लागी पुरानै लीड कलाकारहरुलाई दोहोर्याईन्छ या नयाँ अनुहारलाई प्राथमिकतामा राखिन्छ त्यो चाँही चाँडैनै थाहा हुने भएको छ ।

shuddhi-mos_022415015041

प्रतिक्रिया दिनुहोस्
LIVE TV