२९ आश्विन २०७३, शनिबार

कैलाली, २९ असोज । सेती अञ्चल अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी अचानक बढेका छन् ।

download

दसैँ सुरु भएसँगै सेती अञ्चल अस्पतालमा मात्रै दैनिक २०० को हाराहारीमा रुघा खोकी र ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको सेती अञ्चल अस्पतालले जनाएको छ ।

दसैँको समय परेकाले मानिसहरु विभिन्न ठाउँबाट गाडीमा ओहोरदोहोर गर्दा रोगको सङ्क्रमण फैलिएको हो । दैनिकजसो ज्वरो, डेङ्गु र स्क्रब टाइफसका बिरामी गरी जम्मा १५० बिरामी आउने गरेका र तिनीहरुमध्ये अधिकांश ज्वरोका बिरामी बढी देखिएका सेती अञ्चल अस्पतालका इमर्जेन्सी कक्षका इन्चार्ज कृष्णबहादुर बोहराले बताउनुभएको छ ।

मौसम परिवर्तन र चाडपर्वका बेला मानिसहरुको ओहोरदोहोर सुरु भएपछि अचानक रुघा खोकी र ज्वरोका बिरामी बढेका अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV