२९ आश्विन २०७३, शनिबार

 

डडेल्धुरा, २९ असोज । डडेल्धुरामा पहिलो पटक व्यवसायिक च्याउखेती सुरु गरिएको छ ।

Image result for व्यवसायिक च्याउ खेती

तुफानडाँडामा आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरी दैनिक १०० किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउ व्यावसायी तिलक हमालले बताउनुभयो ।

बजारको बढ्दो मागलाई ध्यानमा राखेर करिब रु सात लाखको लगानीमा पहिलो पटक व्यावसायिक च्याउखेती सुरु गरिएको व्यवसायी हमालले बताउनुभयो ।

डडेल्धुरासहित छिमेकी जिल्ला बैतडी, डोटी र कैलालीमा समेत च्याउ बिक्री गर्ने उद्देश्यका साथ तीन जनाको सयुक्त लगानीमा समूह निर्माण गरी च्याउ व्यवसाय सुरु गरिएको अर्का व्यवसायी केशव महताले बताउनुभयो ।

कम लागानी र थोरै परिश्रममा राम्रो आमदानी लिन सकिने भएकाले च्याउखेती तर्फ आर्किर्षित भएको उनको कथन छ । च्याउखेतीका लागि सात जनाले रोजगारी प्राप्त गरेको बताउँदै उहाँले वार्षिक करिब रु ४० लाखदेखि ४५ लाखसम्मको च्याउ उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । यसवाट वार्षिक रु १० लाखदेखि रु १५ लाख सम्मको नाफा हुने अनुमान उनको छ ।

काठमाडाँैबाट च्याउको बीउ आयात गरी उत्पादन सुरु गरेको बताइएको छ । २२ दिनमा उत्पादन हुने च्याउ सस्तो मूल्यमा बजारमा ल्याउने व्यवसायी हमालले बताउनुभयो ।

बाह्य जिल्ला अथवा विदेशबाट प्याकिङ्ग भएर आउने च्याउको मूल्य यहाँ प्रति किलो रु ३०० भन्दा बढीपर्ने गरेको छ । जिल्लामा उत्पादित च्याउ अहिलेको बजार मूल्य भन्दा झन्डै पचास प्रतिशत कम मूल्यमा बिक्री गरिने व्यावसायी हमालले बताउनुभयो रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV