२८ आश्विन २०७३, शुक्रबार

 

संयुक्त राष्ट्रसङ्घ ९अमेरिका०, २८ असोज । यमनमा जारी द्वन्द्वका लागि बेलायतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने यमनस्थित बेलायती राजदूतावासले शुक्रबार जनाएको छ ।

download

यमनमा एक अन्त्येष्टी समारोहमा सहभागी यमनी नागरिकमाथि घातक हवाई आक्रमण हुँदा भएको दुःखद् घटनापछि बेलायतले यमनमा स्थायी शान्ति, सुव्यवस्था तथा राजनीतिक स्थायित्वका लागि राजनीतिक पहलको थालनी गरिनुपर्ने भन्दै राजदूतावासले उक्त कुरा जनाएको हो ।

यमनको विकास, शान्ति तथा राजनीतिक सुव्यवस्थाका लागि द्वन्द्वको अन्त्य गरी प्रजातान्त्रिक राजनीतिक प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको यमनका लागि बेलायती राजदूत म्याथु राइक्रफ्टले बताउनुभयो । रासस÷एएपफी

प्रतिक्रिया दिनुहोस्
LIVE TV