२८ आश्विन २०७३, शुक्रबार

नेपाली सेनाको जूनियर डिभिजन अन्र्तगत राष्ट्रिय सेवा दलले म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा सुरु गरेको विभिन्न किसिमको तालिमले विद्यार्थीको ब्यक्तित्व र नेतृत्व विकासमा उपलब्धिमुलक देखिएको छ । तालिममे आफुहरुको जीवन शैलीमा नै परिवर्तन ल्याएको विद्यार्थीहरुको ठम्याई छ ।

Image result for म्याग्दी
बेनी सामुदायिक माविमा कक्षा ९ मा अध्ययरत आशिका आचार्य विहान सैन्य पोशाकमा सजिएर विद्यालय जान्छिन् । विहान अवेरसम्म सुत्ने उनको दैनिकी एकमहिना यता परिवर्तन भएको छ । आचार्य जस्तै कक्षा ९ मै अध्ययरत एन्जल पुन समेत सैनिक पोशाकमा विद्यालयमा लगातार दुईघण्टा अभ्यास गरेर घर फर्कन्छिन् । आशिका र एन्जल जस्तै कक्षा ८ र ९ मा अध्ययरत ३६ जनाको दैनिकी एकै किसिमको छ । भट्ट हेर्दा कुनै फौजी हमलाका लागि गरिएजस्तो देखिने विद्यार्थीको अभ्यास कुनै भौतिक आक्राणका लागि नभई राष्ट्रमा आवश्यता परेको बेलामा स्वयमसेवकको भुमिका निर्वाह गर्न लागि गरिएको अभ्यास हो ।
स्थानीयस्तरमा हुने विभिन्न घटना सहित राष्ट्रलाई आवश्यक परेमा स्वंयमसेवकको भूमिका निर्वाह गर्ने गरी नेपाली सेनाले जिल्लामै पहिलो पटक सदरमुकाम बेनीस्थित बेनी सामुदायिक विद्यालयमा यस्को व्यवस्था गरेको छ । २ सय विद्यार्थीबाट ३६ जना छनौट भएका विद्यार्थीले दैनिक दुई घण्टा विभिन्न किसिमका अभ्यास गर्ने गरेका छन् । तालिमले छनौट भएका विद्यार्थीको अल्छीपन हटाउनुका साथै प्राकृतिक विपत्तीमा परेका नेपालीलाई उद्धार गर्न आवश्यक तालिम समेत उपलब्ध गराइएपछि विद्यार्थी उत्साहित भएका छन् ।
७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा अनुशासन, नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी, तेक्वान्दो, नक्सा अध्ययन, खुकुरी ड्रिल, भिडमा बोल्ने तरिका, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान सिकाइने श्रीबक्स गुल्म म्याग्दीका प्रमुख रमेश गुरूङले बताउनुभयो । वाइटः रमेश
विद्यार्थीलाई सेवा दलका बिजय भण्डारी, लिला थापामगर र दिपक श्रेष्ठले नियमित प्रशिक्षण दिइरहेका छन् । तालिममा भिडमा बोल्ने तरिका, नेतृत्व विकास, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धारलाई समेत विषेश प्राथमिकता दिइएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV