२८ आश्विन २०७३, शुक्रबार

नेपाली काग्रेसका महामन्त्री डा. शशांक कोईरालाले स्थानीय र प्रादेशिक निर्वाचन तत्कालै गराउनुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनका लागि कुनै एक मात्र पार्टीले चाहेर नहुने भन्दै एमालेसहित मधेशी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचन गराउनुपर्ने बताउनुभयो ।

Image result for महामन्त्री डा. शशांक कोईराला
नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री कोइरालाले निर्वाचन नभएसम्म संघीयता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यस्का लागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा बताउनुभयो । उहाँले निर्वाचनमा जादा जित हार स्वभाविक हुने भएकाले सबै दल हारजितको राजनीति भन्दा बाहिर आएर निर्वाचनका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । कोईरालाले शुक्रबार नै नेपाली काग्रेस कावासोती नगर समितिको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी भित्रको तिक्तता त्यागेर संगठन निमार्णमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाँले लोकतन्त्र संस्थागत भएन भने मुलुक अफठयारो परिस्थिति तर्फ धकेलिने भएकाले कार्यकर्तालाई संयम भएर लाग्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV