२८ आश्विन २०७३, शुक्रबार

 

काठमाडौँ, २८ असोज । दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।

Image result for सुन
Gold

दसैँको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम रहेको छ ।

सङ्घका अनुसार घटस्थापनापछि पटक पटक गरी सुनको मूल्य घटेर प्रतितोला रु दुई हजार ३०० भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएसँगै नेपालमा पनि त्यसको प्रभावले मूल्य घटेको सङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताउनुभयो ।

अध्यक्ष शाक्यका अनुसार विगतमा दसैँ, तिहार, विवाहकायाममा दैनिक ३० किलो सुनको कारोबार हुने भए पनि मूल्य उच्च भएका कारण कारोबारमा नकारात्मक प्रभाव परेपछि यस वर्ष करिब ४० किलो दैनिक व्यापार भइरहेको छ ।

त्यसैगरी असली चाँदीको मूल्य रु ८६० बाट घटेर रु ८१० कायम भई कारोबार भइरहेको सङ्घले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV