२७ आश्विन २०७३, बिहीबार

। स्वदेशमा रोजगारी नपाएको भन्दै दैनिक विदेशिनेको लर्को लागिरहेको छ । तर, भmापाको शनिअर्जुन नगरपालिका–८ कालीझोडाको एउटा सिङ्गो गाउँ नै मुढा बुनेर उद्यमशील बनेको उदाहरण समेत छ ।

Image result for map of jhapa
Map of Jhapa

उमेरले ६८ बर्ष पुग्नु भएकी झापा शनिअर्जून–८ कालिझोडाकी लिला माया राईको दैनिकी मुढा बुन्दैमा बित्ने गर्छ । बिगत १५ बर्ष देखि उहाँको जीविका मुढा बुनेर आएको रकमबाट नै चलेको छ
लिलामाया मात्रै नभई कालिझोडा गाँउको प्रत्येक घरका मानिस दैनिक मुढा बुन्नमा नै व्यक्त रहन्छन् । घरमै बसी बसी उनीहरुले बुनेको मुढाको बिक्रीबाट दैनिक ६ सय रुपैँया सम्म आम्दानी गर्छन् । कालिझोडाका कतिपयले त मजदुर राखेर नै मुढा बुनेर व्यवसायिक रुपमा मुढा उद्योग सञ्चालन गरेका छन् । जहिल्यै र जुनसुकै अवस्थामा पनि सञ्चालिन हुने यस उद्योगमा कार्यरत मजदुर पनि जीविकोपार्जन गरिरहको स्थानीय उद्यमीहरु बताउछन् ।.
कालिझोडा गाउँमा रहेका ३ सय भन्दा बढी घरका मानिसहरुले मुढा बुन्ने गरेका छन् । त्यो गाउँमा बनाइएको मुढा काठमाडौ हुदै चीन सम्म निर्यात हुने गरेको व्यापारीहरुले बताएका छन् । स–साना बालबालिका देखि वृद्धवृद्धाहरु समेत फुर्सदको समयमा मुढा बनाउने काममा सहभागी हुन्छन् । त्यँहाका बासिन्दाको आम्दानीको स्रोत नै मुढा बनाउने व्यवसाय हो । अझ यसलाई उद्योगका रुपमा विकास गरेर निर्यात र बजारीकरणलाई व्यवस्थित गर्दै लैजान सके यसबाट राम्रो फाइदा लिन सकिने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV