२७ आश्विन २०७३, बिहीबार

काठ तस्करीका क्रममा नियन्त्रणमा लिइ मोरङको सेक्टर वन कार्यालय सलकपुरमा राखिएका धेरै सवारी साधनहरु सड्ने अवस्थामा पुगेका छन् । यति मात्र नभई मोरङका विभिन्न वन कार्यालयहरुमा रहेका लाखौं मुल्य बराबरका करिब ४ दर्जन ट्रक, मिनी ट्रक, जीप, बस, भ्यान र मोटरसाइकलहरु नासिने क्रममा रहेका छन् । यी बोझवाहकहरुको मुद्दामामिलामा वर्षौ लाग्दा यस्तो अवस्था आएको हो ।

Image result for राजस्व
TAX

झण्झटिलो सरकारी कार्याविधि र लिलामी प्रक्रियाले यी सवारी साधनहरु लिलामी हुन नसकेको जिल्ला वन कार्यालय मोरङले जनाएको छ । वन ऐन २०४९ को दफा ६३ मा सडेर जाने वस्तु र माल चौपाया लिलाम गरी धरौटीमा जम्मा गर्न सकिने स्पष्ट उल्लेख छ । मुद्दा फैसला भएपछि पक्ष वा विपक्ष एउटाले धरौटी प्राप्त गर्न सक्ने व्यवस्था छ । यो व्यवस्था अनुसार पनि नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई तत्काल लिलामीमा लैजान सकिन्छ । तर, सरोकारवालाहरुको लापरवाहीका कारण लाखौं मुल्य बराबरका बोझवाहकहरु सड्ने अवस्थामा पुगिसकेका छन् ।
वन कर्मचारीहरुले पक्राउ गरेका बोझबाहकहरु मात्र नभई धेरै सरकारी कार्यालयहरुमा रहेका सवारी साधनहरु समेत लिलाम हुन सकेका छैनन् । यसबाट सरकारको लाखौं राजस्व गुम्दै गएको छ । त्यसैले, पनि सरकारी कार्यविधि परिवर्तन गर्नु आवश्यक भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV