२७ आश्विन २०७३, बिहीबार

म्याग्दीको सदरमुकाम बेनीबाट बागलुङ तर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । बेनीबाट दशैंमा टीका थापेर र आफन्तको तर्फ लागेका सर्वसाधारणहरु सवार ग १ ज ३६०५ जीप दुर्घटनामा परेको हो । बेनी–बागलुङ सडकखण्ड अन्र्तरगत बेनपा–१ रत्नेचौरको घुमाउने चौतारो जंगलको माथिल्लो घुम्तीबाट तल्लो घुम्ती नजिक खसेको थियो ।

Image result for जीप दुर्घटनामा
Jip accident at Myagdi

जीप गुडिरहेको ट्याक्सी माथि खसेको थियो । रत्नेचौर अस्थायी प्रहरी चौकीका धुर्व सुबेदील दिएको जानकारी अनुसार जीपमा सवार सबै खतरामुक्त रहेका छन् । तत्कालै बेनीबाट गएको सवारीसाधानले घाईतेलाई अञ्चल अस्पताल बागलुङ लगिएको थियो । माथिल्लो घुम्तीबाट खसेको जीप तल्लो घुम्तीमा रहेका बा ५ च ३८३२ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो । ट्याक्सीमा ठोकिएका कारण मानवीय क्षतीबाट कम भएको प्रहरीले जनाएको छ । म्याग्दीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरूङका अनुसार घाईतेको उपचार अञ्चल अस्पतालमा भइरहेको छ । दुर्घटना लगत्तै बागलुङ र म्याग्दीका प्रहरीहरु घटनास्थलमा पुगेका थि । जीपमा १० देखी १२ जना सवार रहेको बुझिएपनि घाईतेको नाम खुलेको छैन । रत्नेचौरका स्थानीय यूवाहरुले घटनालगत्तै उद्धारमा खटिएका थिए । जीप दुर्घटना भएलगत्तै चालक फरार भएका छन् । घटनाका प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारी अनुसार चालक जंगलतर्फ भागेका थिए । उनले मदिरा सेवन गरेको हुनसक्ने अनुमान समेत प्रत्यक्षदर्शीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV