२७ आश्विन २०७३, बिहीबार

काठमाडौँ, २७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापा चीनद्वारा स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा आज जानुभएको छ ।

Image result for अध्यक्ष कमल थापा

चिनियाँ सरकारको निमन्त्रणमा उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । अध्यक्ष थापा आगामी कात्तिक २ गते स्वदेश फर्कने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा अध्यक्ष थापाले मानसरोवर अवलोकनका साथै त्यहाँको सरकारी प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV