२७ आश्विन २०७३, बिहीबार

पराष्ट्रविद् मधुरमण आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा हुने व्रिक्स सम्मेलनमा भाग लिन जाँदा चिनियाँ राष्ट्रपति सि जिनपिङ्सँग हुने भेटलाई अवसरको रुपमा परिणत गर्नुपर्ने सुझाव दिएका छन् । 

Image result for पुष्पकमल दाहाल
P.M.Dahal

बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्रालयका भूतपूर्व सचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपालमा स्थायी प्रतिनिधि समेत भैसकेका आचार्यले ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सिलाई भ्रमणको बारेमा स्पष्ट पार्न सक्नुपर्ने बताउनु भयो । उहाँले दक्षिण एशियासंगको सम्बन्ध जोडनका लागि व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट विशेष कुरा राख्न सक्नुपर्ने सुझाव समेत दिनुभयो ।
परराष्ट्रविद् आचार्यले नेपाल सार्क र विमस्टेक दुवैको अध्यक्ष राष्ट्र भएकोले व्रिक्स सम्मेलनमा भाग लिन पाउनु अवसरको रुपमा लिनुपर्ने पनि बताउनुभयो ।
त्यस्तै पूर्वराजदुत डा. शंकर शर्माले पछिल्लो समय नेपालको पराष्ट्र नीति सन्तुलित नभएको भन्ने आंशकाहरु पैदा भएको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई आश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो । उहाँले चीनसँग अघिल्लो सरकारले गरेका सन्धिसम्झौताहरु समेत जतिसक्दो छिटो कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा राख्न सक्नु पर्ने बताउनुभया ।
कार्यक्रममा अर्का पराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले आठौं व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्रीले भाग लिन पाउनु ठूलो अवसर भएको बताउनुभयो ।
त्यस्तै पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित् हुनुमा नेपाल सरकार असफल भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV