२७ आश्विन २०७३, बिहीबार

 

भीमदत्तनगर, २७ असोज । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१२ स्थित आइबीआरडीमा प्रस्ताव गरिएको कृषि क्याम्पस स्थापनाको काम आफ्नै कार्यकालमा सुरु हुने बताउनुभएको छ ।

Image result for गौरीशङ्कर चौधरी

आइबीआरडी कृषि क्याम्पस स्थापना गर्न गठन गरिएको सङ्र्घष समितिसँग आज यहाँ छलफल गर्दै उहाँले क्याम्पस स्थापनाको काम तत्काल अघि बढाउन सम्बन्धीत पक्षसंग आग्रह गर्नुभयो ।

प्रस्ताव गरिएको क्याम्पस निर्माणस्थलको समेत निरीक्षण गर्दै मन्त्री चौधरीले क्याम्पस स्थापनामा केही बाधा अड्काउ भए त्यसलाई फुकाउन आफूले पहल गर्ने आश्वासन पनि दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV