२७ आश्विन २०७३, बिहीबार

सशस्त्र द्धन्द्धको चपेटामा परेको पूर्वी पहाडी जिल्ला भोजपुरले राष्ट्रिय महत्वको मध्यपहाडी राजमार्ग निर्माणसंगै विकासमा गति लिएको छ । पाँचथर चियोभज्जाङ्ग देखि बैतडी चुलाघाटसम्म १७ सय ६५ किमी ८८ किमी लम्बाइको यो राजमार्गले भोजपुरलाई छोएपछि आर्थिक समृद्धितर्फ धकेलिरहेको छ ।

afsdf
७ बर्ष अघि बेलायत सरकारको आर्थिक सहयोगमा सदरमुकाम जोड्ने मुख्य सडक निमार्ण भएपछि पुराना बजार नयाँ हुन थालेका छन् । राजमार्ग आसपास क्षेत्रहरुमा सहर विस्तार हुन थालेको छ । सडक विस्तार भएपछि गाउँको मुहार फेरिएको छ । सडक आसपासका क्षेत्रहरुमा सहरीकरण र पुराना बजारहरुमा ठुलठुला पक्की घरहरु निमार्ण हुन थालेका छन् । आयात निर्यातमा सहज भएको छ । गाउँका बासिन्दाहरु सडकको छेउमा घर बनाउन थालेपछि सहरीकरण बढ्दै गएको हो ।
सरकारले भोजपुर हुदै काठमाडौं जोड्ने मध्यपहाडी राजमार्गको विस्तार गर्न गरेसंगै पुर्वी पहाडी दुर्गम जिल्ला भोजपुरले सुगमतातर्फ लम्केको छ । मध्यपहाडी लोकमार्गले छोएका तिवारीभञ्ज्याङ, प्याउली, श्यामशिला, भैसीपंखा, जरायोटार, सिद्देश्वर, गुप्तेश्वर, छिनामखु, तिम्मा, नागी अन्नपुर्ण लगायतका स्थानमा सहर विस्तार भएका छन् ।सडक सञ्जालले दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गर्न सहज भएपछि ४५ साल यतादेखि आएको भूकम्पले जर्जर बनेका अधिकांश पुराना घरहरु ठुल्ठुला पक्की बन्न थालेको छ । सडक आसपासका क्षेत्रमा ५ बर्षभित्र ११ वटा नयाँ शहरहरु बनेका छन् । जग्गाको भाउ बढेको छ । रोपनीको ७ हजारले पनि विक्रि वितरण गर्न गाह्रो हुने जग्गा अहिले रोपनीको ६ लाख सम्म पर्ने गरेको छ ।
सडक आसपासमा होटल व्यवसाय राम्ररी फस्टाएको छ । सडक आसपासमा शहरीकरण बढेपछि स्थानीयवासीको आयस्तरमा बृद्धि हुनुको उत्पादित स्थानीय उत्पादनले बजार पाएकाले स्थानीयवासीहरुको जीवनशैलीमा समेत परिवर्तन ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV