२७ आश्विन २०७३, बिहीबार

 

बेरुत, २७ असोज । सिरियाको अलेप्पो सहरमा विद्रोहीको बलियो प्रभाव रहेका जिल्लालाई लक्ष्यगरी बिहीबार सिरिया र रसियाली युद्धकविमान आक्रमण भएको छ ।

Image result for war from russia and syria

सिरियाको अलेप्पो सहरमा गत दुईसम्म भएको बमबारीमा परी कम्तीमा ७१ सर्वसाधारणको मृत्यु भईसकेपछि पुनःहवाई आक्रमण भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

पूर्वी अलेप्पोमा सिरियाली विद्रंोही समूहलाई लक्ष्यगरी बिहीबार बिहान सवेरैदेखि २० भन्दा बढी हवाई आक्रमण गरिएको बेलायतसँग आबद्ध मानव अधिकारीबवादी समूह अब्जरभेटरीले जानकारी दिएको छ ।

यस आक्रमणबाट तत्काल मानवीय क्षतिको एकिन सङ्ख्या भने प्राप्त नभएको अब्जरभेटरीले जानकारी दिएकोृ छ ।

गत मङ्गलबार र बुधबार सरकारको नियन्त्रणमा रहेको इलाकामा विद्रोही समूहले गरेको गोली प्रहार पनि कम्तीमा आठ सर्वसाधारणको मृत्यु भएको द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

राज्यद्धारा सञ्चालित सञ्चार माध्यमका अनुसार सरकारको नियन्त्रित जिल्लामा रहेको एक विद्यालयमा बिहीबार विद्रोही गरेको रकेट प्रहारमा परी चार बालबालिकाको मृत्यु भएको छ ।

सरकारी सैनिकले पूरा अलेप्पो सहर नियन्त्रणमा लिनको लागि गत सेम्टेम्बर २२ देखि भीषण कारबाही सुरु गरेको छ ।

पूर्वी अलेप्पो सन् २०१२ बाट नै सिरियाली विद्रोही समूहले कब्जा लिएको छ ।

मङ्गलबार विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा सात बालबालिकासहित ५६ व्यक्तिको मृत्यु भएको अब्जरभेटरीका प्रमुृख रामी अब्देल रहमान बताउनु भएको छ । त्यसैगरी बुधबार भएको हवाई आक्रमणमा १५ सर्वसाधारणको मृत्यु भएको थियो ।

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।

सो जनआन्दोलनपछि गएर जनयुद्धमा परिणत भयो । सो गृहयुद्ध हालसम्म पनि जारी रहेको छ र यसमा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने लाखौँ व्यक्ति घाइते भएका छन् ।

लाखौँ व्यक्ति आफ्नो घरवास छोडी देशभित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य छन् । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
LIVE TV