२७ आश्विन २०७३, बिहीबार

 

न्होमपेन्ह, २७ असोज । चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया आइपुग्नु भएको छ

Image result for चीनका राष्ट्रपति सि जिङ्गपिङ

परम्परागत मित्रवत सम्वन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उहाँले कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको बताइएको छ ।

दक्षिणपूर्वी एसियामा सिको राष्ट्रपति भएयता यो नै पहिलो भ्रमण हो । उहाँले यसअघि उपराष्ट्रपतिको रुपमा सन् २००९ कम्बोडियाको भ्रमण गर्नुभएको थियो ।

सिले कम्बोडियामा राजा नोरोडोम सिहामोनी, महारानी नोरोडोम मोनिनेथ सिहानौक र प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुई देशबीच थप सहयोग र सहकार्य बढाउने विषयमा सिको भ्रमणका क्रममा सम्झौता समेत हुने जनाइएको छ ।

कम्बोडियाका अहिलेका राजाका पिता र चीनका अघिल्लो पुस्ताका नेताहरुले यी दुई देशबीचको परम्परागत मित्रतालाई सुमधुर बनाएका थिए ।

यसअघि यही बर्षको जुन महिनामा चीनको बेइजिङमा राजकिय भ्रमणमा गएका बेला राजा सिहामोनीले राष्ट्रपति सिसँग भेटवार्ता गर्नुभएको थियो ।

आर्थिक दृष्टीकोणले चीन कम्बोडियाको सबै भन्दा ठुलो व्यापारिक साझेदार र वैदेशिक लगानीकर्ता हो ।

LIVE TV