२६ आश्विन २०७३, बुधबार

कञ्चनपुर, २६ असोज । डोटीको दीपायलस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेसनमा आज आगलागी भएको छ ।

asdas

आगलागीपछि डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाको विद्युत् सेवा ठप्प रहेको छ । विद्युत् सर्ट हुँदा आगलागी भएको सवस्टेसनका प्रमुख टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट सवस्टेसनमा जडान गरिएको १५ केभिएको ट्रान्सफर्मर र विद्युत् आपूर्ति सञ्चालन गर्ने फिडर जलेर क्षति भएको छ । क्षतिको बिबरण अहिलेसम्म आएको छैन् । घटनाबारे प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराएका छौँ उहाँले भन्नुभयो – “केन्द्रबाट प्राविधिक टोली आएपछि विद्युत् सेवा सञ्चालन हुन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV