२६ आश्विन २०७३, बुधबार

 

महोत्तरी, २६ असोज । नेकपा ९माओवादी केन्द्र०का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गरेको बताउनुभएको छ ।

Image result for गिरीराजमणि पोखरेल

आज महोत्तरीको विजलपुरामा आयोजना गरिएको कार्यकर्ता भेटघाट एवम् दसैँ दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेलाई समेत सहमतिमा ल्याएर तिहार अगाडि संविधान संशोधन प्रक्रियामा सरकार जुट्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV