२६ आश्विन २०७३, बुधबार

बागलुङका ९९ ओटा ग्रामीण सडकहरु मर्मत गर्ने कार्य शुरु भएको छ । करिब २६ लाखको लागतमा जिल्लाका ग्रामीण सडकहरु मर्मत गरिन लागेको हो । जिल्ला विकास समिति बागलुङले बर्खाको समयमा बिग्रिएका सडकहरु मर्मत गर्न लागेको हो ।

Image result for बागलुङ सडकहरु मर्मत

दशैं र तिहार जस्तो चाडवाडको समयमा ग्रामीण सडकमा यात्रुहरुको चाप बढ्न थालेपछि सडक मर्मतको लागि जिविसले रकम बिनियोजन गरेको हो । बागलुङ सदरमुकामबाट ५९ गाविससम्म पुग्ने ९९ ओटा सडकको प्रकृति हेरी मर्मतको लागि २० हजार देखि ६५ हजारसम्म रकम बिनियोजन भएको जिविसका योजना तथा प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

सबै सडकको रकम गाविसको खातामा जाने र गाविस मार्फत काम सम्पन्न गरेपछि भुतmानी हुने जनाइएको छ । शाक्यका अनुसार बृर्तीबाङ गादिखोला हुँदै छेन्तुङ सडक र बृर्तीबाङ बोङगादोभान सडक मर्मतको लागि सबै भन्दा बढी ६५÷६५ हजार विनीयोजन भएको छ । यस्तै बाग्लुङ नगरपालिकादेखि गाजादह बरेङ खण्ड सम्मको लागि ५५÷५५ हजार रुपैयाँ बिनीयोजन भएको छ । हन्द्राफेरी तमान सडक ,भिमगिठे राजकुत सडकको लागि ५०÷५० हजार रुपैयाँ बिनीयोजन भएको छ । मालढुङ्गा बोटे हुँदै माझ बगर सम्म र दोगाडी कुदुङ सडक,रिजालचोक अमरभुमी तारा सडक,बुर्तिबाङ घोषाखानी सडक,कुस्मीसेरा बरेङ सडकको लागि प्रति सडक ४० हजार रुपैयाँ बिनीयोजन भएको छ ।

तर यसरी धेरै सडकको लागि थोरै थोरै बजेट बिनीयोजन हँुदा सडक मर्मतका नाममा बजेट सिध्याने मात्रै काम हुने गरेको जनगुनासो रहेको छ । बर्षाको कारण क्षतविक्षत सडक मर्मतको लागि छुट्याइने रकम न्युन भएकाले कार्यन्वयनमा समस्या हुने गरेको बागलुृङ सिगानाका खेमराज गौतमले गुनासो गर्नुभयो । तर योजना अधिकृत शाक्यले भने स्थानीय तहमा गाविस सचिवको अगुवाइमा उपभोतmा समीति गठन गरी बजेट दिइने भएकाले समस्या नहुने बताउनुभयो ।

नहुनु भन्दा थोरै बजेट विनियोजन गरेर भए पनि जिविसले जिल्लाका ग्रामीण सडक मर्मतका लागि देखाएको चासोलाई भने स्थानीयहरुले सकरात्मक ठानेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV