२६ आश्विन २०७३, बुधबार

हिन्दू धर्मावलम्बीको महान् चाड दशैं र मासु परिपूरकजस्तै भइसकेका छन् । टीका र जमाराजस्तै मासुका विभिन्न परिकारसहितको खानपिन दशैंमा अनिवार्य मानिन थालेको छ । पिङ, भेटघाट र रमाइलो त्यसपछिको प्राथमिकतामा मात्रै पर्न थालेका छन् । तर, दशैंमा स्वादको पछाडि लागेर स्वास्थ्यको ख्याल नगर्दा त्यही मासुका परिकार र चिल्लोले सयौं नेपालीलाई अस्पताल पु¥याउँन सक्ने सम्भावना रहेको भन्दै स्वास्थ्य प्रति सजग रहेर दशैँ मनाउन चिकित्सकहरुले सुझाब दिएका छन् ।

Image result for alcohol and meat
दशैंको रमाइलोमा भुलिने समयमा हुने सानो हेलचेक्रयाइँले पनि स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्छ । चिकित्सकहरूका अनुसार दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या हृवात्तै बढ्छ । साथै दशैंको समयमा बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, क्षयरोग, आउँ, पेट फुल्ने, मृगौला रोग, कओसटियल इन्फेक्सन, फुड पोइजनिङ आदि समस्यासमेत देखिने चिकित्सकहरू बताउँछन् । रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्नेखालका रोग त बढाइरहेकै हुन्छ भने सम्बन्धित जनावरमा रहेको रोगसमेत सर्ने सम्भावना उत्तिकै रहेको चिकित्सकहरुको भनाइ छ ।
स्वास्थ्यका दृष्टिकोणले मासुलाई पोसिलो खानेकुरा पनि मानिन्छ । मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । मासुले स्वास्थ्यलाई फाइदा पु¥याउँछ । तर, मासु खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउँछ । मोटो शरीर, रगतमा कोलस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुने र खाए पनि कम खान चिकित्सकको सुझाब छ ।
धेरै मात्रामा चिल्लो हालेर बनाइने मासुका कारण मुटुसम्बन्धि रोग, उच्च रक्तचापको समस्या देखिन सक्छ । धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको, धेरै तेल र मसला प्रयोग गरेको मासुले पनि स्वास्थ्यमा अनेकौँ समस्या उत्पन्न गराउँछ । मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले रातो मासु अर्थात् खसी र राँगाको मासु नखाने, रक्सी नपिउने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा, माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछा, मासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा पनि नखाने । मासु मदपान र धुमपान त स्वास्थ्यका लागि घातक नै हो । उच्च रक्तचापका समस्या भएका वा बिग्रिने बाटो लिइसकेको मुटुलाई दसैंको खानाले थप बिग्रन मद्दत गर्छ । यस्तो समयमाचाडबाडमा खानपिनमा ध्यान नदिँदा विगतका दसैंको समयमा हृदयाघातका तथा मुटुका अन्य समस्या लिएर अस्पताल पुग्नेको संख्या बढेको चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV