२६ आश्विन २०७३, बुधबार

नेपाली कांगेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधनको लागि दुई तिहाई पु¥याउने नाममा कांगेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा कसैसँग पनि सम्झौता नगर्ने प्रष्ट पार्नु भएको छ ।

download
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा प्रमुख सचेतक श्रेष्ठले संविधान संशोधनको पक्षमा आफ्नो पार्टी निकै गम्भीर रहेको र मधेशी मोर्चा लगायत अन्य असन्तुष्ट दलहरुको मुद्दालाई सम्बोधन गर्नका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जिकिर गर्नुभयो । यद्धपी उहाँले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पनि परिवर्तनीय विषय भएको स्पष्ट पार्नुभयो ।
यता नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनको लागि आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै अहिले संविधान संशोधन गर्ने वेला नै नभएको जिकिर गर्नुभयो । उहाँले तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाईए मुलुकमा द्धन्द्ध तथा अन्तरविरोध बढ्ने समेत गुनासो गर्नुभयो ।
यता नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले संविधान संशोधनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेको खुलासा गर्नुभयो ।
यता मधेशी मोर्चाका नेता राम नरेश रायले संविधान संशोधन नगराईकन सेनाको आडमा जबरजस्ती चुनाव गराईए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV