२६ आश्विन २०७३, बुधबार

२६ असोज २०७३, झापा । झापाको बिर्तामोडमा बुधबार बिहान भएको सवारी दुर्घटनामा ६४ जना यात्रु घाइते भएका छन् । महेन्द्र राजमार्ग अन्र्तगत चारपाने बिर्तामोड खण्डको पञ्चकन्या प्लटिङ अगाडी पूर्वबाट पश्चिम गइरहेको ना ५ ख ६५६१ नम्बरको बसले पुर्वतर्फ आइरहेको ना ५ ख १८९८ नम्बरको बसलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

durghatana_jhapa-1 durghatana_jhapa-2 दुर्घटनामा परि ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये गम्भिर घाइतेहरुको बिर्तामोड स्थित बि एण्ड सि टिचिङ अस्पताल र अन्यको बिर्तासिटि तथा मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

durghatana_jhapa-3काकडभिट्टाबाट इटहरीका लागि छुटेको ना ५ ख ६५६१ नम्बरको बस अनियन्त्रित भइ अर्को बसलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा ना ५ ख १८९८ नम्बरको बसका चालक पदम बहादुर राई समेत घाइते भएका छन् भने ठक्कर दिने बसका चालक दुर्गा आचार्य इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुवै बसमा दशैंका लागि आफन्तकोमा टिका लगाउन जाने र आउने यात्रु रहेका थिए । – राजु पौडेल

प्रतिक्रिया दिनुहोस्
LIVE TV